तीन किशोरी जसलाई खाडी लैजाने भन्दै दुई/दुई लाखमा कोठीमा बिक्री गरे



१७ मंसिर २०७५,  नेपालगन्ज

वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान पाईने, त्यो पनि निःशुल्क ।

राम्रो कमाई हुने सपना बोकेर नुवाकोट र सिन्धुलीपाल्चोकका तीन किशोरी भारत लागे ।

दिल्ली पुर्याईए । भिसा त्यही बन्ने आश्वासन पाए । तर दलाले उनीहरुलाई दिल्लीको जिबी रोडस्थित कोठी पुर्याए । तीन बर्षको नारकीय जीवनपछि कात्तिक अन्तिम साता कोठी नम्बर १५६ बाट उद्धार गरी नेपालगन्ज ल्याईएको छ ।
दलाले दुई, दई लाख रुपैयाँमा कोठीमा बिक्री गरेका थिए ।, आज प्रकाशित नेपाल साप्ताहिकमा यो खबर छ ।

नुवाकोट र सिन्धुलीपाल्चोकका तीन किशोरीकै जस्तो सपना देख्ने ३७ नेपाली महिला भारतको उत्तर प्रदेश गाजियावाद ईन्दिरापुरम पुर्याए ।

उनीहरुलाई त्यहाँ तीन वटा फ्ल्याटमा राखिएको थियो । दलाले दुई महिनाभित्रै त्यति धेरै महिलालाई कुवेतलगायतका खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि पठाउने आश्वासन दिएका थिए । तर दुई महिनासम्म पनि विदेश जान नपाएपछि शंका लागे उनीहरुले आफन्तलाई खबर गरे ।

परिवारको उजुरीपछि दिल्लीस्थित नेपाली दुतावास र भारतीय सुरक्षा अधिकारीको सहयोगमा उद्धार गरिएकामध्ये सबैभन्दा बढी झापाका छन् ।
त्यसअघि भारतको दिल्ली मैदानगढीबाट ७३ नेपाली महिलाको उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्