लाइसेन्स आवेदन खुला गरेकै दिन यातायात व्यवस्था विभागको सर्भर ह्याङ



१७ मंसिर २०७५, काठमाडौं

यातायात व्यवस्था विभागको सर्भर ह्याङ हुँदा सेवाग्राही मर्कामा परेका छन् । विभागले एक महिनापछि सञ्चालनमा ल्याएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरेकै दिन सर्भरले धान्न नसक्दा यस्तो अवस्था आएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

चाडपर्वका कारण एक महिना बन्द गरिएको उक्त आवेदन फारम यही मंसिर ७ गते खुलेकै दिन बन्द भएको थियो ।

यस्तो समस्या आएपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्