‘सरकारीमा पनि सिल गर्छौ’



१७ मंसिर २०७५, काठमाडौं

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले गुणस्तर कायम गर्न नसक्ने निकायलाई छुट नदिने चेतावनी दिनुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

बाँकेमा बाख्रा व्यवसाय केन्द्रको उद्घाटन गर्दै मन्त्री खनालले सो कुरा बताउनुभएको हो ।

दूध र मासु व्यवसायीलाई निर्देशिका उपलब्ध गराएर त्यहीअनुसार सुधार गर्न आग्रह गरिने र गुणस्तर कायम नगर्नेको शिलबन्दी गरिने उहाँको भनाई छ । त्यसको शुरुवात दुग्ध विकास संस्थानलगायतका सरकार मातहतका निकायबाट गरिने मन्त्री खनालले स्पस्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्