
१६ मङ्सिर २०१७, इटहरी
इटहरीकी चेली अश्विनी सिटौलाको स्वरमा सजिएको ‘मायासँगै मन रमाउँछ त्यो रूपैले मलाई सताउँछ..’ गितको ‘म्युजिक भिडीयो शार्वजनिक भएको छ । नेपालि टेलिभीजन क्षेत्रकी कर्मठ सञ्चारकर्मी सिटौलाले नेपाली साहित्यमा तीन दशकदेखि निरन्तर सक्रिय रहेका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको रचना रहेको गीतमा स्वर दिएकी हुन् ।
‘मायासँगै मन रमाउँछ त्यो रूपैले मलाई सताउँछ..’ बोलमा रहेको यस गीत अमरको २० औं कृतिमा समावेश रहेको रचना हो भने गयिकाध सिटौलाको यो पहिलो गित हो ।
एबीसी टेलिभीजनकी समाचार प्रस्तोता समेत रहेकी सिटौलाको स्वरमा सजिएको गीतमा राम कार्कीले संगीत भरेका छन् ।
रोशन कुमारले निर्देशन गरेको गीतको भिडियो काठमाडौंको इन्द्र दह र कालू पाण्डे समाधी स्थान दह चोक वरपर छायांकन गरिएको हो । भिडियो दिप गुरुङले खिचेका हुन् ।
भिडियोमा अजय श्रेष्ठ, सन्ध्या खड्का, रितिका जिरेल तथा गायिका अश्विनी सिटौलाको अभिनय देख्न सकिन्छ ।





