
१६ मङ्सिर २०७५, काठमाडौँ
बलिउड नायिका प्रियंका चोपडा विवाहका लागि उनका प्रेमी निकसँग जोधपुर पुगिसकेकी छिन् । त्यतिमात्र नभएर उनको विवाहभन्दा अगाडि गरिने सबै कार्यक्रमहरु सम्पन्न भैसकेका छन् । निक र प्रियंकाको मेहेन्दीको फोटो सामाजिक सञ्जालमा यतिबेला निकै भाइरल भैरहेको छ ।

प्रियंका र निकको मेहेन्दीमा खिचिएको तस्बिरले यतिबेला निकै चर्चा पाइरहेको छ । प्रियंका र निकले आफ्नो मेहेन्दीको कार्यक्रम निकै भव्यसँग मनाएका छन् । उनीहरु एकअर्कासँग निकै रमाइरहेको तस्बिरमा देख्न सकिन्छ । डिसेम्बर २ र ३ मा हुने विवाहको लागि लगभग सबै पाहुना जोधपुर पुगिसकेका छन् । प्रियंका र निकले आफ्नो विवाहलाई विशेष बनाउन धेरै कोशिस गरिरहेका छन् ।
प्रियंका र निकको विवाह दुई धर्मअनुसार हुने बताइएको छ । निक क्रिस्चियन धर्मबाट भएकाले एकदिन क्रिस्चियन धर्मअनुसार र प्रियंका हिन्दुधर्मबाट भएकाले अर्को दिन हिन्दु धर्म अनुसार गरी दुईदिन विवाह हुनेछ । विवाहपछि निक र प्रियंकाले मुम्बई र दिल्लीमा गरी दुई ठाउँमा रिसेप्सन पार्टि दिने भएका छन् ।





