सबै तहका कर्मचारी मुख्य सचिवसम्मै



१६ मंसिर २०७५, काठमाडौं

स्थानीय तह प्रदेश सरकारमा समायोजन हुने कर्मचारीले समेत संघीय निजामति सेवाको मुख्य सचिव र सचिवमा प्रतिस्पर्धा गर्न पाउने गरी अध्यादेश जारी हुन लागेको छ ।

अध्यादेशबारे मन्त्रिपरिषदको विधेयक समितिमा बिहीबारको छलफलपछि त्यस्तो व्यवस्था प्रस्तावब गरिएको हो ।

अध्यादेशलाई मन्त्रिपरिषदले स्वीकृत गरेपछि राष्टपतिसमक्ष पेस गरिनेछ ।

समिति बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले कर्मचारी समायोजनका लागि प्रस्तावब गरिएको अध्यादेशबारे प्रस्तुत् गरेका थिए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

श्रोतका अनुसार स्थानीय र प्रदेश सरकारमा समायोजन भईसकेका कर्मचारीलाई समेत संघीय निजामतिमा प्रवेश खुला राख्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्