पाँच महिनादेखि १७ सय कर्मचारी जम्मेवारीविहीन



१३ मंसिर २०७५, काठमाडौं

देशमा नयाँ संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतका करिब एक हजार ७०० कर्मचारी पाँच महिनादेखि जिम्मेवारीविहीन फाजिल छन्।

अध्ययन र योजनाविना संरचना बनेपछि सबै कर्मचारी दरबन्दीमा अटेका छैनन्। विशेषज्ञ डाक्टर, प्राविधिक र प्रशासनिक कर्मचारी जिम्मेवारीविहीन हुँदा देशभरकै स्वास्थ्य सेवा प्रभावित भइरहेको छ।

वीर अस्पतालमा पनि ४२ कर्मचारी दरबन्दीविनै काम गरिरहेका छन्। जसमा २० अनमी र २२ हेल्थ असिस्टेन्ट रहेको छ।

मन्त्रालयमा एघारौं तहका १० कर्मचारी दिनहुँ हाजिर गर्ने, घर फर्किने मात्रै गरिरहेका छन्। जसमा तीन विशेषज्ञ डाक्टर र अरु प्राविधिक कर्मचारी छन्।

देशघर जिम्मेवारीविहीन हुने कर्मचारी स्वास्थ्य शिक्षा र जनस्वास्थ्यका बढी छन्।, यो खबर आजको कान्तिपुर दैनिकमा ।

 

प्रतिक्रिया दिनुहोस्