
१२ मङ्सिर २०७५, काठमाडौँ
बलिउड नायिका प्रियंका चोपडा यहि डिसेम्बर १ र २ मा आफ्ना प्रेमी निक जोनससँग विवाह गर्दैछिन् । विवाहका लागि उनका प्रेमी निक मुम्बई आइसकेका छन् भने अन्य पाहुना आउने क्रममा छन् । प्रियंकाले आफ्नो विवाहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदिलाई पनि निम्तो गरेकी थिइन् । तर उनी विवाहमा नआउने सम्भावना देखिएको छ ।
प्रियंकाले आफ्नो विवाहमा अन्तराष्ट्रिय व्यक्तिहरुलाई निम्तो गरेकी छिन् । प्रियंकाले आफ्नो पहिलो हलिउड फिल्म द रक सँग खेलेकी थिइन् । द रक निकै चर्चित कलाकार हुन् । द रकको प्रियंका र निक दुवैसँग राम्रो सम्बन्ध भएकाले प्रियंकाले आफ्नो विवाहमा उनलाई विशेष अतिथीको रुपमा बोलाएकी छिन् ।
प्रियंकाको विवाह दुई धर्म अनुसार हुने भएको छ । पहिलो दिन क्रिस्चियन र दोस्रो दिन हिन्दु धर्म अनुसार उनीहरुले विवाह गर्दैछिन् । उनीहरुले ४ डिसेम्बरमा दिल्लीमा ग्राण्ड रिसेप्सन पार्टि दिने भएका छन् ।





