अण्डाबारे यी जानकारी, जुन तपाईलाई थाहा छैन, आजै जान्नुहोस्



११ मंसिर २०७५, काठमाडौं

धेरैजसो व्यक्तिलाई अण्डा खानुपर्छ भन्नेबारे थाहा हुन्छ तर, कम व्यक्ति मात्र अण्डाका फाइदाबारे जानकार हुन्छन् । त्यसैले अण्डाका फाइदाबारे यहाँ केही जानकारी दिन खोजिएको छ ।

अण्डामा प्रोटीन र एमिनो एसिड प्रशस्त मात्रामा रहेको हुन्छ । प्रोटीन र एमिनो एसिड स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।अण्डा विभिन्न प्रकारका भिटामिनको स्रोत पनि हो ।

यसमा भिटामिन ए,डी, ई बी टुभेल प्रशस्त मात्रामा रहेको हुन्छ । साथै अण्डाले कोषहरु बिग्रिनबाट रोक्छ र दिमागलाई पनि चालू राख्छ ।गर्भवती महिलाले अण्डा खानाले गर्भमा रहेको बच्चाको विकासमा पनि सहायता पुर्याउँछ ।

धेरै मानिसलाई आइरनको समस्या हुने गरेको छ । यसले गर्दा थकाई लाग्ने,कमजोरी हुने,टाउको दुख्ने जस्ता समस्या आउँछन् । नियमित अण्डा खाँदा यस्तो समस्या आउँदैन ।

अण्डाको पहेँलो भाग जसमा फ्याट हुन्छ भनी धेरैले खाँदैनन् वास्तवमा त्यसमा एकदमै धेरै आइरन हुनाले यो खानु उपयुक्त हुन्छ ।अण्डामा भएको प्रोटिन, भिटामिन र अन्य पोषक तत्वले कपाल र नङलाई बलियो बनाउन मद्दत गर्छ ।

दूध, दहीजस्ता डेरी उत्पादनका साथमा अण्डा खानाले हड्डीसम्बन्धी समस्या हटाउन मद्धत गर्छ । चीनमा गरेको एक अध्ययन रिपोट अनुसार दैनिक अण्डा सेवन गर्ने व्यक्तिमा मुटुसम्बन्धी समस्या कम भएको पाइएको छ ।

चीनको ‘हार्ट जर्नल’ मा प्रकाशित समाचार अनुसार अण्डा खाने र नखाने ४ लाख व्यक्तिलाई अध्ययनमा सामेल गराएको थियो । रिपोर्ट अनुसार दैनिक अण्डा खाने व्यक्ति अण्डा नखाने व्यक्तिको तुलनामा स्वस्थ्य भएको भेटिएको छ ।

सो रिपोर्टअनुसार अण्डा खाने व्यक्तिमा मृत्यु दर ज्ञड प्रतिशत कम देखिएको छ । मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा हार्ट अट्याक,स्ट्रोक तथा अरु रोगको खतरा रहेको हुन्छ ।

पछिल्लो समय धेरैजसो व्यक्तिमा ब्लड प्रेसर,मोटोपन र ब्लड सुगरको समस्या देखिने गरेको छ।यस्ता समस्याले मुटुसम्बन्धी रोग लाग्नमा ठूलो भूमिका खेलेको हुन्छयसका साथै खानपानमा लापरवाही,धुमपान तथा अल्कोहलको सेवनबाट पनि मुटुसम्बन्धी रोगको खतरा बढ्न सक्छ ।

त्यसैले यस्ता खानेकुराबाट टाढै रही सन्तुलित खाना खाने गरौं ।

प्रतिक्रिया दिनुहोस्