
०९ मङ्सिर २०७५, काठमाडौँ
आँचल शर्मा र पल शाह नेपालका निकै चर्चित जोडि हुन् । यी दुवै नेपालका निकै चर्चित कलाकार हुन् । तर यी जोडिलाई दर्शकले म्यूजिक भिडियोबाट नै अत्यन्तै रुचाएका हुन् । आँचल र पलले सँगै थुप्रै म्यूजिक भिडियोहरु र केहि चलचित्रमा पनि काम गरिसकेका छन् । भर्खरै मात्र यी दुईको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
राज प्रताप केसीको शब्द र संगीत रहेको जे पनि हुन सक्छ माया मा बोलको गीतमा राजेश केसी र टिका प्रसाईको आवाज रहेको छ । गीतमा नेपालका चर्चित जोडि आँचल शर्मा र पल शाहलाई फिचरिङ गराइएको छ । गीतलाई नेपालका टप कोरियोग्राफर गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् ।





