
०७ मङ्सिर २०७५, काठमाडौँ
बलिउडमा अहिले सेलेब्रेटीको विवाहको चर्को लहर लागेको छ । केहिदिन अगाडि मात्र बलिउडका चर्चित कलाकार दिपिका पादुकोण र रणवीर सिंहले इटालीमा विवाह गरेका थिए । त्यस्तै अब यहि डिसेम्बरमा भारतकी अर्की चर्चित अभिनेत्री प्रियंका चोपडा आफ्ना प्रेमी निक जोनससँग विवाह गर्दैछिन् ।
निक जोनस अमेरिकी चर्चित गायक हुन् । निक विवाहका लािग आफ्नो सब परिवारसहित भारत पुगिसकेका छन् । निक आउँदा प्रियंका निकै खुसी भएकी छिन् । प्रियंका निकै दिनदेखि आफ्नो विवाहको लागि उत्साहित थिइन् । उनले निक आएको खुसी आफ्नो इन्ष्ट्राग्राममा सेयर गरेकी छिन् । उनले निकसँगको तस्बिरमा वेलकम होम बेबी भनेर क्याप्सेन लेखेकी छिन् । प्रियंका विवाहपछि निकसँग यु.एस मा रहनेछिन् ।





