‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको वाइड बडी किन उडाइएन ?’



०७ मंसिर २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याएर थन्क्याएकामा गम्भीर चासो देखाएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सर्वसाधारणको करबाट जोडिएको राज्यको सम्पत्ति दुरुपयोग गरिनु असह्य हुने उनले बताए ।

‘वाइड बडी किन ल्याइयो, किन उडाइएन ?’ बजेट एवं मन्त्रालयगत कार्यसम्पादन समीक्षा बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले सोधे, ‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको छ, ती किन थन्किएका हुन् ? ’ बैठकमा मन्त्री र सचिवहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्