
०६ मङ्सिर २०७५, काठमाडौँ
प्रियंका चोपडा बलिउडकी निकै चर्चित नायिका हुन् । उनी बलिउडमा मात्र नभएर हलिउडमा पनिउत्तिकै सक्रिय छिन् । प्रियंका नेपाली चलचित्रमा पनि सक्रिय भएकी छिन् । उनले पहिलो पटक निर्माण गरेको चलचित्र पाहुना को ट्रेलर सार्वजनिक भएको छ ।
पाहुना बालबालिकामा आधारित चलचित्र हो । एक सानो बालकले आफ्नो भाइ र बहिनीको लागि गरेको संघर्षलाई चलचित्रमा देखाउन खोजिएको छ । चलचित्रलाई प्रियंका चोपडा र उनकी आमाले निर्माण गरेका हुन् । चलचित्र पाहुना यहि मङ्सिर २ज्ञ बाट सबैतिर रिलिज हुने भएको छ ।





