
०६ मङ्सिर २०७५, काठमाडौं
बलिउड मोहका कारण केही नेपाली नायिकाहरुले कलिउडपछि बलिउडमा आफ्नो भविष्य खाज्ने गरेका छन् । यस्तैमा नेपाली नायिका सुरविना कार्कीले यतिबेला बलिउडमा संघर्ष गरिरहेकी छिन् ।

यसअघि बलिउडमा जम्नका लागि नायिकाद्वय अदिती बुढाथोकी र जेनिसा केसी उतैतिर संघर्षरत छन् । नाईके, लुकामारी, सुश्री र झेली लगायतका चलचित्रमा काम गरिसकेकी सुरबिनालाई नेपाली सिनेक्षेत्रमा बोल्ड एण्ड हट नायिकाको उपमा दिईएको छ ।

उनै बोल्ड एण्ड हट नायिका अहिले मुम्बईमा अडिसन दिनमै व्यस्त रहेकी छिन् । उनले मुम्बइमा ‘जेली विन्स एजेन्सी’सँग आवद्ध भएर एउटा विज्ञापनमा काम गरिसकेकी छिन् भने सोनी टेलिभिजनबाट प्रशारण भएको ‘दिल हि तो हे’मा समेत काम गरेको जानकारी गराईन् ।

मुम्बई बसाईका क्रममा उनले खिचेका केही बोल्ड तस्वीहरु अहिले सार्वजनिक भएका छन् । जुन निकै नै बोल्ड र हट रहेको छ । आउने दिनमा सुरविनाले बलिउडमा के कस्तो उपलब्धी हाँसिल गर्ने हुन त्यो भने निकट भविष्यमा हेर्न बाँकी नै छ ।






