दुईतिहाइ बहुमतको दुरुपयोग, योग्यता नै नपुगेकी अन्जान इजरायलको राजदूतमा सिफारिस



३० कार्तिक २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको दुरुपयोग गर्दै योग्यता नै नपुगेकी अन्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गर्नुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

हाल राजदूतको रुपमा कार्यरत निरञ्जन थापालाई फिर्ता बोलाएर आफ्ना नातेदार शाक्यलाई राजदूतमा नियुक्त गरी प्रधानमन्त्री पदकै दुरुपयोग गर्नुभएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई राजदूतका सिफारिस गरेको जानकारी बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्