कोहलहपुर एक्सप्रेस पछि कन्याकुमारी बनाउँदै केकी



१९ कार्तिक २०७५, काठमाडौँ

केकी अधिकारी नेपालकी चर्चित नायिका तथा मोडल हुन् । तर उनी सफल नायिका मात्र नभएर सफल निर्मात्री पनि बनिसकेकी छिन् । उनले एकबर्ष अगाडि कोहलपुर एक्सप्रेस नामक कमेडि चलचित्र निर्माण गरेकी थिइन् । जुन चलचित्र बक्सअफिसमा औसत रह्यो । अब केकीले नयाँ चलचित्र बनाउने भएकी छिन् ।

कोहलपुर एक्सप्रेस पछि अब केकीले कन्याकुमारी नामक चलचित्र निर्माण गर्ने भएकी छिन् । अहिले चलचित्रको कथा लेख्ने काम भैरहेको उनले बताएकी छिन् । कथा लेखिसके लगत्तै चलचित्रबारे अन्य जानकारी गराइने केकीले बताएकी छिन् । चलचित्र कन्याकुमारी महिलाप्रधान हुने पनि उनले बताएकी छिन् । सामाजिक कथा उठान गरिने चलचित्रमा ५ जना नायिकाहरु मुख्य भूमिकामा रहने केकीले जानकारी गराएकी छिन् । चलचित्र फागुनबाट सुटिङ फ्लोरमा जानेछ ।

 

प्रतिक्रिया दिनुहोस्