तिब्बती शरणार्थीलाई भारत निष्कासन रोकियो



१७ कार्तिक २०७५, काठमाडौं

चीनबाट भागेर नेपाल आउने तिब्बती शरणार्थीलाई गृह मन्त्रालयले भारत निष्कासन रोकेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

विगतमा कानुनविपरीत तिब्बती शरणार्थीलाई सरकारले भारतमा निष्कासन गर्दै आएको थियो । तर, करिब चार महिनायता गृहमन्त्री रामबहादुर थापाले यस्तो प्रक्रिया रोकेका छन् ।

अध्यागमनसम्बन्धी कानुनमा अवैध रूपमा नेपाल प्रवेश गर्ने तथा बस्ने व्यक्तिलाई सम्बन्धित देशमै निष्कासन गर्ने प्रावधान छ । शरणार्थीलाई सहयोग गर्दै आएका अन्तर्राष्ट्रिय संस्थाहरूको दबाबमा सरकारले करिब ०५० देखि नै यसरी भारत निष्कासन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्