ओलम्पिक खेलको अन्तिम तयारीमा रहेको नेपाली टोलीद्वारा बेईजिङ स्पोर्टस् पराजित



१४ कार्तिक २०७५, काठमाडौं

ओलम्पिक छनौटको अन्तिम तयारीमा रहेको नेपाली टोलीले गएराती भएको मैत्रीपुर्ण खेलमा बेईजिङ स्पोर्टस्लाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा नेपाली टोलीले बेईजिङ स्पोर्टस्लाई ३–० को फराकिलो गोल अन्तरले हराएको एन्फाले जनाएको छ ।

नेपालका लागि नेपाली टोलीका दिपा न्यौपाने, सावित्रा भण्डारी र ईन्दिरा राईले १–१ गोल गरे । मैत्रीपुर्ण तीन खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन पुगेको थियो । अन्तिम मैत्रीपुर्ण खेल बेईजिङ फोनिक्ससँग खेल्ने जनाईएको छ । सो खेल सकिएपछि नेपाली टोली त्यहीँबाट म्यानमार प्रस्थान गर्ने छ । नेपाली टोलीमा प्रशिक्षकद्वय हरि खड्गा र मेृगेन्द्रप्रसाद मिश्र रहेका छन् । त्यस्तै टोली नेतामा दिर्घ बहादुर केसी तथा व्यवस्थापकमा कमला हिराचन थकाली रहेको पनि एन्फाले जनाएको छ ।

त्यसैगरि खेलाडीहरुमा गोलकिपर एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने तथा स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्