निर्मला हत्या प्रकरण : दबाबमूलक समूह नै दुई गुटमा



१३ कार्तिक २०७५, कञ्चनपुर

तीन महिना बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै महिलाअधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।

उनीहरुले शीघ्र हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले तत्कालीन प्रहरी एसपी डिल्ली विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त मात्र गरेकाले निर्मलाको हत्यारा पत्ता लगाउने कुरा ओझेलमा पार्न खोजेको भन्दै असन्तुष्ट स्थानीयले प्रदर्शन गरेका हुन् ।

आन्दोलनमा दुई गुट

निर्मला पन्तको हत्यारा पत्ता लागाउनु पर्छ भन्ने एउटै मागका लागि गरिएको आन्दोलन दुई गुटमा बाँडियो ।

सुरुका दिनमा निर्मला हत्या पत्ता लगाउन हेलन श्रेष्ठको संयोजकत्वमा गठन भएको संघर्ष समितिले अगुवाई गर्यो ।

केही सातापछि मीना भण्डारीको संयोजकत्वमा अर्को नागरिक संघर्ष समिति गठन भयो । आजको नागकरिक दैनिकको पृष्ठ ३ मा समाचार छ ।

एकले अर्कोको अस्तित्व नस्वीकार्ने दुई समितिमा बााडिएका महलिाबीच द्धन्द भइरहेका बेला मीना भण्डारीको टीमका महिला अधिकारकर्मीले निर्मलाकी बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तलाई अर्को टीमका महिलालाई जानकारी नदिई भदौ २५ गते काठमाडौं लगेपछि यी दुई गुटको विवाद छताछुल्ल भयो ।

प्रतिक्रिया दिनुहोस्