चीनले साँचो दियो, ब्रुमर अझै आएन



१३ कार्तिक २०७५, काठमाडौँ

बर्खा सर्किसँगै काठमाडौँ उपत्यका धुलाम्य छ ।

तर, सडकको धुलो बढार्न काठमाडौँ महानगरपालिकासँग ब्रमुर छैन । छ, त केवल ब्रुमरको साँचो मात्र ।

चीन सरकारले महानगरपालिकालाई दिने भनेको ब्रुमर नआउँदा धुलोबाट महानगरवासीले ठूलो सास्ती खेपिरहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ब्रुमर नआइपुगे पनि साँचो भने हस्तान्तरण भइसकेको महानगरपालिकाले जनाएको छ ।

यता, महानगरले आफै खरिद गर्न लागेको ब्रुमर पनि आउन बाँकी रहेको छ ।

११ करोड रुपैयाँमा खरिद गर्न लागिएको पाँचवटा ब्रमर आउन अझै चार महिना लाग्ने बताइएको छ ।

महानगरसँग भएका सानोखालका ब्रमरको ब्रस भाँचिएकाले प्रयोगमा आउन सकेका छैनन् ।

नयाँ ब्रस भारतबाट मगाउनुपर्ने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्