टपर्स र खेलाडीहरुको गन्तव्य न्यू मिलिनियम : सुभाष चन्द्र जोशी



१२ कार्तिक २०७५, काठमाडौँ

उनी पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल थिए । त्यसैले त विद्यालयमा उनको चर्चा हुने गर्थ्यो । कक्षा ९ र १० मा पढ्दा उनी स्कुल क्याप्टेन पनि भए ।

सानैदेखि नेतृत्व गर्ने क्षमता भएकाले नै उनी विभिन्न संस्थामा विभिन्न भूमिकामा रहँदै हाल कूशलतापूर्वक न्यू मिलिनियम कलेजको प्रिन्सिपलको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

डोटीमा जन्मिएका सुभाष चन्द्र जोशीको औपचारिक शिक्षाको सुरुवात इलामको माउन्ट मेची बोर्डिङ स्कुलबाट भयो । बुवा सरकारी जागिरे भएका कारण उनी डोटीबाट इलाम पुगेका थिए । जहाँ उनले कक्षा दुई सम्म अध्ययन गरे । त्यसपछि आफू जागिरको सिलसिलामा विभिन्न जिल्ला जानुपर्ने भएकाले जोशीलाई आमासँगै काठमाण्डौमा बसोबास गर्ने व्यवस्था गरिदिए उनका बुवाले ।

राजधानीमा आएपछि कक्षा तीनबाट गोल्डेन पिक स्कुलमा अध्ययन थालेका जोशीले २०५७ सालमा एसएलसी उत्तीर्ण गरे । सानैदेखि बोल्न मन पराउने जोशीको वकिल बन्ने चहाना थियो । तर उनमा कक्षा ९ मा अध्ययन गर्दा नै सो प्रेशाप्रति वितृष्णा पैदा भयो ।

वकिल बन्ने चहाना हराएपछि उनी साइन्स पढ्ने योजनामा पुगे । त्यसपछि उनले बाग्मती कलेजबाट प्लस टु तथा विश्वनिकेतन साइन्स क्याम्पसबाट वातावरण विज्ञानमा बिएसी उत्तीर्ण गरे । प्लस टु पढ्दा औसत विद्यार्थीको रुपमा गनिने जोशी बिएसी गर्दा वर्षैपिच्छे प्रतिशत बढाउँदै राम्रै विद्यार्थीको कोटामा दर्रिए ।

पोखरा विश्व विद्यालयबाट वातावरण विज्ञानमा सन् २०१० स्नात्तकोत्तर गरेका जोशी सम्झन्छन्, ‘स्नात्तकोत्तर (एमएसी) गर्दा ३५ जनाको कोटामा मैले सबैभन्दा पछि भर्ना गरेको थिएँ । तर शोधपत्र सकेर दीक्षित हुने पाँच जनामध्ये म पनि एक हुँ ।’ घरको आर्थिक अवस्था सवल नै भएका कारण पनि उनलाई अध्ययनको दौरान जागिर गर्नुपर्ने अवस्था थिएन् । तथापी उनले बिएसी पश्चात् केहि समय ट्रान्सलेटरको भूमिका पनि निवार्ह गरे ।

मेरो एमएसी शोधपत्रको सुपर भाइजर नै त्यहाँको सञ्चालक हुनुहुन्थ्यो । उहाँले मलाई आफ्नो सहायक भएर जागिरको अफर गर्नुभयो । जतिबेला म सैद्धान्तिक परीक्षा दिएर इनरुवामा जागिरको सुरुवात गरिसकेको थिएँ । मलाई लाग्यो, ‘प्राडाहरुको संगत गरियो भने पिएचडी गरिन्छ । मेरो बुवाले शिक्षित मानिसको संगत गर्न सुझाव दिनुहुन्थ्यो ।’त्यसपछि इनरुवाको जागिर राजिनामा दिएर काठमाण्डौ फर्किएँ । मैले ६ महिना त्यहाँ काम गरेँ । मेरो शोधपत्र सकिएको थिएन् । त्यसैले म त्यहाँ विद्यार्थी र जागिरे भएँ । जहाँ ६ महिना काम गरेँ ।

त्यहाँ जागिरको क्रममा उनले प्रा.डा. आनन्दराज जोशीलाई पिएचडी गर्ने सोच रहेको बताए । प्रा.डा. जोशीले उनलाई भारतमा रहेको इन्दिरा गान्धि खुल्ला विश्वविद्यालयको जर्मन दुतावास नजिकै रहेको नेपाल ब्रान्च आइसिएबाट पिएचडी गर्न सुझाव दिए । तर संयोग कस्तो रह्यो भने जोशीले आइसिएमा अध्ययनका लागि आफ्नो बायोडाटा पठाए । तर त्यहाँ उनलाई प्रोगाम डाइरेक्टरको जागिरका लागि अफर आयो । पिएचडी अध्ययनका लागि जान लागेको विश्वविद्यालयमा त उनले प्रोगाम डाइरेक्टरको रुपमा एक वर्ष काम गरे । सो क्रममा उनले पोष्ट ग्रयाजुएट तहको सुपरभाइज पनि गर्दथे ।

व्यस्त रहन रुचाउने जोशीले जागिरको शिलशिलामा क्लबहरु गठन पनि गरेका थिए । त्यस्तै उनले एक वर्ष टाइम्स एफएममा प्राविधिकको रुपमा समेत काम गरेका छन् । २०६७ तिर कान्तिपुर पत्रिकामा हालको केयूसिटी अर्थात् तत्कालिन युटुमा संयोजक (को–अडिनेटर) पद खाली रहेको विज्ञापन छापिएको थियो । जसमा उनले आवेदन दिए र अन्तवार्तामा छानिए पनि । उनलाई आइसिए पनि छोड्न दिइएको थिएन् । त्यसैले उनले एकैपटक दुईवटा संस्थाको जिम्मेवारी वहन गरे । उनी बिहान यूटुको को–अडिनेटर तथा दिउसो २–७ बजेसम्म आइसिएको प्रोगाम डाइरेक्टरको रुपमा काम गर्न थाले ।

२०६९–७० मा युटु टुक्रियो । त्यसपछि उनी युटुबाट बनेको केयूसिटीमा आफ्नो कामलाई निरन्तरता दिन थाले । उनी त्यहाँ कर्मचारी मात्रै थिए । जब साथीहरुले पछि दिनु भन्दै उनको नाममा शेयर हालिदिएपछि उनी केयूसिटीको सञ्चालक पनि भए । सञ्चालक भएको केहि समयपछि उनलाई त्यहाँ प्रिन्सिपलको जिम्मेवारी दिइयो ।

उनले त्यहाँ २०७३ पुससम्म कूशलतापूर्वक प्रिसिन्पलको जिम्मेवारी निर्वाह गरे । कुनै पनि कामलाई निरन्तरता दिए सफलता हात पार्न सकिन्छ भन्ने मान्यता राख्ने जोशी २०७४ मा न्यू मिलिनियम कलेजको प्रिन्सिपल बनेका हुन् । साइन्स पढेका जोशीलाई शिक्षा क्षेत्रमा आएकोमा कुनै गुनासो छैन् ।

उनी प्रिन्सिपलको रुपमा न्यू मिलिनियम प्रवेश गरेपछि कलेजको गुणस्तर तथा विद्यार्थीको संख्यामा निकै परिवर्तन आएको छ ।  हाल न्यू मिलिनियममा प्लसटु तथा व्याचलरमा गरी ६५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । न्यू मिलिनियम एक इतिहास बोकेको कलेज भएको र विभिन्न समयमा उतारचढाव आए पनि निरन्तर अघि बढेको उनको दाबी छ । जोशीले सरकारी मापदण्ड अनुसार नै विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरिदै आएको जानकारी दिए ।कलेजको संस्थापक टिम सवल रहेको उनको भनाई छ ।

‘विद्यालय टपर्सको र खेलाडीहरुको च्वाइस न्यू मिलिनियम भएको छ । विभिन्न विद्यालयका टपरहरु यहाँ पढ्न आएका छन् । त्यस्तै फुटबलरको गन्तव्य पनि न्यूमिलिनियम हो । राष्ट्रिय खेलाडी हेमन गुरुङ पनि यसै कलेजमा अध्ययन गर्दै आएका छन् । अन्य राष्ट्रिय खेलाडी पनि पढ्न आउने तयारीमा छन् , उनले भने ।

न्यू मिलिनियम कलेज ६ रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको छ । नसर्री देखी कक्षा १० सञ्चालनको तयारी भइरहेको जानकारी दिए । साथै उनले बिबिए , एमबिए, सिटीइभिटीका कार्यक्रम सञ्चालनको लागि आवेदन दिइएको बताए । ‘न्यू मिलिनियमलाई युनिभर्सिटीमा लैजाने योजना छ । त्यसका लागि काठमाण्डौ बाहिरका कलेजमा सम्बन्ध बिस्तारको काम गरिरहेका छौँ, उनले भने ।

उनी लायन्स क्लबको सदस्य, केयूसिटी कलेजको सञ्चालक, युथ अहेड लगायतका केही संस्थाहरुको पदाधिकारी तथा सल्लाहकार पनि हुन् ।फुटबल प्रेमी जोशी आफै फुटबल पनि खेल्ने गर्दछन् । भन्छन, ‘साइन्स नपढेको भए फुटबल खेल्थेँ होला । म गीत सुन्छु र गाउँछु पनि । संगीत पनि सिकेको छु
।’
उनी पिएचडी गर्ने योजनामा छन् । २०७१ सालमा प्रेम विवाह गरेका जोशीको एक छोरा पनि छन् । ‘म होस पूर्वक, प्रेमपूर्वक र स्वादले कुनै पनि काम गरेमा सफलता पाइन्छ भन्ने कुरामा विश्वास गर्दछु । संसार न यसैमा अटाउँछ जस्तो लाग्छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्