प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे प्रचण्ड



१२ कार्तिक २०७५, काठमाडौं

स्वास्थ्यमा थप समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा प्रधानमन्त्रीको उपचार भइरहेको छ । केही दिनदेखि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको थियो ।

यसैबीच, प्रधानमन्त्री ओलीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।

आइतबार सचिवालयले एक प्रेस नोटमार्फत ओलीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको जानकारी दिएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी सचिवालयले दिएको थियो । तर, स्वास्थ्यमा पपप समस्या देखिएपछि उनलाई सोमबार बिहान तीनबजे तिर महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना हो ।

प्रधानमन्त्री ओलीको छातीमा संक्रम देखिएको डा. अरुण सायमीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्