प्रधानमन्त्री ओली अस्पताल भर्ना



१२ कार्तिक २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या देखिएसँगै त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । सोमबार बिहान एकाएक स्वास्थ्यमा थप समस्या देखिएसँगै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार सचिवालयले एक प्रेस नाेटमार्फत ओलीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको जानकारी दिएको थियो । चिकित्सकको सल्लाहबमोजिम उनी नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आरामरत रहेको जानकारी पनि दिएको थियो ।

स्वास्थ्यमा समस्या रहेकै कारण नेकपाका अध्यक्ष समेत रहेका ओली शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्