
११ कार्तिक २०७५, काठमाडौं
गायिका मेलिना राईको युट्युब च्यानलमार्फत उनकै आवाजमा सजिएको ʻवैंशै बेइमानी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । उक्त भिडियोमा उनले आवाज मात्र दिएकी छैनन् आफैंले अभिनय पनि गरेकी छिन् ।
पूर्वेली मारुनी भाकामा तयार पारिएको गीतमा राजुबाबु श्रेष्ठको शब्द, राजनराज शिवाकोटीको संगीत सुन्न सकिन्छ ।
भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन ।





