अस्पतालमा उडुस आतंक, ‘सिस्टरहरु पनि पीडामा’



०९ कार्तिक २०७५, कास्की

बिरामी र उनीहरुका कुरुवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उडुसले हैरान पर्ने गरेको समाचार आजको कान्तिपुरले पृष्ठ १० मा छापेको छ ।

सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा बसेकी तनहुँकी जेनिशा रानामगर भन्छिन्, ‘उडुसले टोकेर हैरान पार्छ, बिरामी कुर्न बसेका बिरामी पर्ने भए ।’ हैरान भएका कुरुवाहरुले अस्पतालका नर्सहरुलाई समस्या सुनाएका थिए । ‘सिस्टरहरु हामी आफैं पीडित छौं पो भन्छन् ।’ उनले भनिन्, ‘मारेर पनि साध्य छैन ।’

अस्पताल प्रशासन उडुसको समस्याबारे जानकार नभएको पनि होइन तर, उपयुक्त कदम नचालेको गुनासो बिरामीका कुरुवाको छ ।

प्रतिक्रिया दिनुहोस्