रत्नपार्कमा ‘चार्जिङ स्टेसन’



०८ कार्तिक २०७५, काठमाडौं

वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि सुरु गरिए पनि ती बस चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ निर्माण भने अनिश्चित देखिएको छ ।

गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा एउटा चार्जिङ स्टेसन निर्माण गरेको छ तर त्यो प्राधिकरणको प्रयोजनका लागि मात्रै हो। त्यसबाहेक उपत्यकामा ‘चार्जिङ स्टेसन’ छैनन् ।

साझा यातायात र लुम्बिनी विकास कोषद्वारा संयुक्त रूपमा सञ्चालनमा ल्याइएको विद्युतीय बसको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आरम्भ गरेका थिए । आजको गोरखापत्रमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्