चितवनमा पेट्रोल अभाव



०८ कार्तिक २०७५, चितवन

दसैं सकिएलगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ ।

तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन ।

केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल आएका कारण पेट्रोल बाँडेका पम्पहरु अगाडि तेल भर्नेको लामो लाइन थियो ।

प्रतिक्रिया दिनुहोस्