
०७ कार्तिक २०७५, झापा
नेपालको चर्चित रियालिटि सो नेपाल आइडलमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका प्रतिस्पर्धी सुमीत पाठकले आफुलाई मत दिन अपिल गरेका छन् ।
कर्णप्रिय आवाजका कारण अडिसनमै गोल्डेन माइक हात पार्न सफल सुमित यतिखेर भोटिङ राउण्डको चरणमा छन् । जादुमय आवाजका कारण सर्व्प्रिय बनेका सुमितलाई नेपाल आइडल बन्न अब जनमतको खाँचो छ ।
त्यसैले उनको समर्थनमा अहिले देशका विभिन्न स्थानमा सुमित जीताउँ अभियान नै चलेको छ । झापा घर भएका १९ बर्षिय गायक सुमित पाठकको नेपाल आइडल यात्रामा अगाडी बढ्न, उनले आम देशवासीमाझ आफुलाई भोट गरेर जिताउन अनुरोध गरेका छन् । सुमितले आफुलाई भोट गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर १२ टाइप गरि ३१००९ मा सेण्ड गर्न आग्रह गरेका छन् । १० बर्षको हुँदा आमाको मायाँ गुमाएका सुमितको गायन संघर्ष जारी नै छ ।
यसअघि चलचित्र ‘अमेरिका बोईज’मा समावेश आमा बोलको गीत गाएर सुमित चर्चामा आएका थिए । नेपाल आइडल बन्ने दृढ सपना बोकेर काठमाण्डौँ आएका सुमितले पप, आधुनिक, प्लेब्याक सिङ्गिङ तथा सेमिक्लासिकल सबै विधामा आफ्नो भर्सटालिटी देखइसकेका छन् ।
सुमित आइडलको आशालाग्दो दाबेदार हुन् । नेपाली संगीतको क्षेत्रमा निरन्तर संघर्षरत उनी गायनलाई नै आफ्नो करियर बनाउने बताउँछन् ।





