बै‌ंकसँग लगानी गर्ने रकम अभाव



०७ कार्तिक २०७५, काठमाडौं

कर्जाको बढ्दो मागको तुलनामा बैंकले पर्याप्त निक्षेप संकलन गर्न नसक्दा लगानीयोग्य पुँजीको अभाव हुन थालेको छ ।

यसको प्रत्यक्ष असर बैंकको कर्जा, निक्षेप तथा पुँजी अनुपात (सीडीसी)मा दबाब देखिएको समाचार आजको कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा छापेको छ ।

‘मंगलबारसम्म १० भन्दा बढी बैंकको सीडीसी अनुपात ८० प्रतिशतभन्दा बढी छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यद्यपि वाणिज्य बैंकहरूको औसत सीडीसी निर्देशित सीमाभित्रै छ।’

असोजको अन्तिम साता दसैंबीचमा पनि निक्षेप र रेमिट्यान्स आप्रवाह बढेकाले अबका केही दिन तरलता सहज हुने ती अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्