नास्टमा राजनीति : ‘बार्गेनिङ’ले प्रतिष्ठान उपकुलपतिविहीन



०७ कार्तिक २०७५, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताको चर्को ‘बार्गेनिङ’का कारण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) उपकुलपतिविहीन बनेको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ ।

आफू निकटकालाई नियुक्त गर्न नेकपाका नेताको जोडबल बढेसँगै उपकुलपति नियुक्ति प्रक्रिया लम्बिन थालेको हो ।

नास्ट विगत डेढ महिनायता उपकुलपतिविहीन छ । यसअघिका उपकुलपति प्राडा जीवराज पोखरेलको कार्यकाल भदौ १४ मा सकिएसँगै नास्ट कार्यकारीविहीन बनेको हो ।

प्रतिक्रिया दिनुहोस्