अभधेश महत्तोको नयाँ गित लईजान्छु भगाई सार्वजनिक (भिडियो सहित)



०६ कार्तिक २०७५, काठमाडौं

गायक अभदेश महत्तो र सपना रैलाको सुमधुर आवाजमा चलचित्रकर्मी बालकृष्ण खनालको शब्द अनि संगीतमा नयाँ गीत लईजान्छु भगाइ सार्वजनिक भएको छ ।

सङ्गम फिल्म एन्ड प्रोडक्सन हाउस्ले निर्मान गरेको प्रस्तुत भिडियो मा चितवन कै चरचित मोडल शोभा चौधरी को अभिनए देख्न सकिन्छ । निकै नै सम्भाबना बोकेका नब कलाकार सुनिल चौधरीले यसै गीत मार्फत नेपाली फिल्म इन्डस्ट्री मा डेब्यु गरेका छन ।

आजका युवाहरु प्रेम विवाह वा मागी विवाह कुन चाही ठिक भन्ने कुरामा रुमल्लिरहेका बेलामा प्रस्तुत गीतमा भागी विवाह र मागी विवाह का फाइदा बेफाइदा के हुन्छ भनेर देखाउन खोजिएको छ ।

सङ्गम फिल्म एन्ड प्रोडक्सन हाउस्कै आधिकारिक युट्युब च्यानल बाट भिडियो सहित शार्बजनिक गरियको गीत दर्सक श्रोता माझ २०७५ अशोज ४ गते शार्बजनिक गरियको छ ।

चितवन आसपासमा छायाँकन गरिएको भिडियोलाई गङ्गा राम महत्तोले कोरियोग्राफ गरेका हुन भने सम्पादन बाल कृष्ण खनालले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्