भन्सारमै रोकियो डेढ सय टन चिनी



०६ कार्तिक २०७५, नेपालगन्ज

भारतबाट आयात गर्न खोजेको करिब डेढ सय मेट्रिक टन चिनी तीन सातादेखि नेपालगन्ज भन्सारमै रोकिएको छ ।

सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि सो चिनी तीन साता अघिदेखि नेपालगन्ज भन्सारमा रोकिएको हो । आजको कारोबारमा समाचार छापिएको छ ।

मन्त्रिपरिषद बैठकले गत ३१ भदौमा भारतबाट निची आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगन्ज भन्सार कार्यालयमा थन्किएको भन्सार कार्यालयले जनाएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अधिकृत उमेश श्रेष्ठले ४२ लाख भारतीय रुपैयाँ अर्थात ६७ लाख नेपाली रुपैयाँको चिनी भन्सार हुन नसकेको जनाकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्