भारतीय शो सारेगमपमा दुबै आँखा नदेख्ने नेपालकी मेनुकालाई तारिफको वर्षा (भिडियो सहित)



०५ कार्तिक २०७५, काठमाडौं ।

भारतीय भुमिमा भारतलाई नैं पराजित गरेर नेपालको शिर उच्च पार्ने धेरैं व्यक्तिहरु नेपालमा छन यस्तै उदाहरणको रुपमा अहिले नेपाली रियालिटी शो नेपाल आइडलबाट सांगीतिक बजारमा आएकी गायिका नेपाली चेली मेनुका पौडेल रहेकी छिन् । उनले भारतको चर्चित रियालिटी शो सारेगमपमा आफूलाई अब्बल सावित गरिन् र अडिसन राउण्डबाट छानिएकी छिन् ।

विगतमा प्रशान्त तामाङ देखि लिएर टेरिया मगरसम्म आइपुग्दा नेपालले भारतका बिचमा आफ्नो नामलाई कलाको माध्यमबाट उच्च राख्न सफल भएको छ ।

अहिले पनि भारतीय जगतमा चर्चित गायक उदित नारायण झालाई नेपाली गायक नैं भन्ने गरिएको छ र नेपालीहरु पनि उनलाई नेपाली गायक भनेर नैं चिन्ने गर्छन । उनले नेपाली ,भारतीय लगायत धेरैं भाषामा गीतहरु गाएका छन ।

सांगीतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागिपरेकी उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा अडिसन राउण्डबाट सेलेक्ट भएकी थिईन् ।

नेपालमा पहिलो पटक सारेगामापा को अडिसन भएको थियो जसबाट उनी चुनिएकी थिईन् । शनिबार रातिमात्र जी टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छानिएकी छन् ।

उनले लता मंगेशकरको आवाजमा रहेको ‘जाने क्या बात है…’ गीत गाउँदा शोमा उपस्थित जजसँगै जुरी मेम्बरलेहरू आँशु झारेका थिए। उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरू र उपस्थित अन्यले स्ट्याण्डिङ ओभिसनसमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्