नेकपाको तल्लो तहको एकीकरण दशैं लगत्तै सुरु हुने



३१ असोज २०७५, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्लो तहको एकीकरण दसैंलगत्तै सुरु हुने भएको छ । जिल्ला तहको एकीकरण सम्बन्धी यसअघिका कार्यदलले दिएको प्रतिवेदन विवादमा परेपछि नेकपाको एकीकरण लम्बिएको हो ।

नेकपाले एकीकरणका अल्झिएका काम सक्नेबारे छलफल गर्न कात्तिक ४ र ५ गते सचिवालय बैठक डाकेको छ । बैठकले छलफल गरेपछि पार्टीका स्थायी समिति बस्ने गरी समन्वय समेत गरिरहेको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार स्थायी समितिको बैठक १२ र १३ गतेका लागि बोलाइएको छ । अब बस्ने बैठकले जिल्लास्तरको एकताको गाँठो फुकाउने र केन्द्रीय विभागहरूलाई पनि पूर्णता दिने योजना रहेको नेताहरूले जनाएका छन् । एक साताअघि बसेको सचिवालय बैठकबाट एकता प्रक्रियाका अल्झन हटाउने भनिएको थियो । तर, नेता वामदेव गौतमको चुनावमा उठ्ने प्रसंग र काठमाडौं ७ का सांसद रामवीर मानन्धरको राजीनामाको पत्र आएपछि अन्य विषयमा छलफल हुन सकेको थिएन । अब बस्ने बैठकमा स्थायी समितिले सरकारका कामकारबाहीको विषयमा पनि समीक्षा गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्