
३१ असोज २०७५, काठमाडौं
नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न तीन रुटमा आजदेखि निशुल्क बस सेवा सञ्चालन गरेको छ । आजबाट आगामी शुक्रबारसम्म निशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्र बनाएर ती रुटमा बस सञ्चालन गरिनेछ । नक्साल–पुतलीसडक–माइतीघर–कुपण्डोल–पुल्चोक–जावलाखेल–एकान्तकुना–बल्खु–कलङ्की–कालीमाटी–त्रिपुरेश्वर–शहीदगेट–रत्नपार्क–दरबारमार्ग हुँदै पहिलो रुट नक्सालमा पुगेर टुंगिने प्रहरीले जनाएको छ ।
त्यस्तै नक्साल–मैतिदेवी–गौशाला– कोटेश्वर–तीनकुने– बबरमहल–माइतीघर– त्रिपुरेश्वर–शहीदगेट– लैनचौर–लाजिम्पाट–नारायणगोपालचोक– बालुवाटार पुनस् नक्सालसम्म पनि प्रहरीको बस चल्ने बताइएको छ ।





