सुनाकोठी बस्तीमा हाई भोल्टको तार



३० असोज २०७५, ललितपुर

टिकाथलीमा पाँच दिनअघि विद्युत पोलले थिचेर ५८ बर्षीय रामकेशर बोगटीको मृत्यु भयो ।

यो घटना सेलाउन नपाउँदै बिहीबार बेलुका साुनाकोठी चौतारामा पनि पोल भाँचियो । ललितपुर महानगरपालिका २७ हितनाल टोलस्थित हाइटेसन लाइनबाट भ्याली होममा हाई भोल्टको तार तान्ने क्रममा भाँचिएको थियो । पोल भाँचिए पनि मानवीय क्षति भने भएन ।

स्थानीयले छलफल नगरीकन घनाबस्तीबाट ११ हजारको हाई भोल्टको लाइन तानेको भन्दै विरोध जनाउने डरले हतारमा तान्दा भाँचिएको बताएका छन् ।

होमलाई स्थानीयले उक्त क्षेत्रबाट तार तान्दा दुर्घटना हुन खतरा रहेको भन्दै २०६७ मा रोक लगाएको थियो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्