सन् २०१९ मा नेपालले आफ्नो भूउपग्रह अन्तरिक्षमा पठाउने



३० असोज २०७५, काठमाडौँ

रुसले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने तयारी गरेको आजको नागरिक दैनिकले खबर प्रकाशित गरेको छ ।

नेपालले प्रक्षेपण गर्न लागेको ‘नानो स्याटेलाइट’ को मोडल तयार भइसकेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ ।

सन् २०१९ अगस्तभित्र अमेरिकाकाको फ्लोरिडास्थित नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) को अन्तरिक्ष केन्द्रबाट भूउपग्रह प्रक्षेपण गर्ने सरकारी योजना छ ।

भूउपग्रहको संरचना तयार भए पनि यसको यान्त्रिक र वातावरणीय परीक्षण गर्न बाँकी छ ।

नेपालले २०७४ साल माघ ३ गते क्यटेकसँग सम्झौता गरी आफ्नो भूउपग्रह निर्माण कार्य अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्