छक्का पञ्जा ३ ले पायो दर्शकको अत्याधिक साथ, पहिलो दिनमै हलमा दर्शकको थामिनसक्नु भिड



२४ असोज २०७५, काठमाडौँ

आज दशैँको सुरुवाती दिन अर्थात् घटस्थापना । आजबाट देशव्यापी रुपमा यसबर्षको बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा ३ प्रदर्शनमा आएको छ । चलचित्र छक्का पञ्जा का यसअघिका सबै सिरिजहरु निकै सफल भएका थिए । त्यतिमात्र नभएर छक्का पञ्जा ले अहिलेसम्म सबैभन्दा बढी पैसा कमाउन सफल चलचित्र बनेको थियो भने दोस्रो स्थानमा पनि छक्का पञ्जा २ कै नाम दर्ता भएको थियो ।

आजबाट प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ को सुरुवाती दिनमै व्यापार निकै आक्रमक देखएको छ । चलचित्रको पहिलो शो हेर्न एका बिहानै चावहिल स्थित गोपी कृष्ण हलमा पुग्दा चलचित्र छक्का पञ्जा ३ का कलाकारले जे देखे त्यो आश्चर्यजनक नै थियो । हलमा छक्का पञ्जा ३ हेर्ने दर्शकको भिड थामि नसक्कु थियो । पहिलो शो हेर्न नपाइएला भन्ने डरले दर्शकहरु बिहान ६ बजे देखि नै टिकट काउण्टरमा पुगेका थिए । नभन्दै चलचित्र छक्का पञ्जा ३ का लागि दर्शकको ओइरो यसरी लाग्यो हल पुरै हाउसफूल भएर कति त निराश हुदैँ घर पनि फर्किए ।

अधिकांश दर्शकले चलचित्रको कथावस्तु र कमेडि पक्षलाई बढी रुचाएका छन् । चलचित्रलाई निकै सकरात्मक प्रतिक्रियाहरु आइरहेको छ । चलचित्र छक्का पञ्जा ३ मा दर्शकले सबै कलाकारकोअभिनय निकै उत्कृष्ट रहेको भन्दै कलाकारको अभिनयको खुलेर तारिफ गरेका थिए । चलचित्रका कलाकारहरुलाई समेत हलमा खुट्टा टेक्ने ठाउँ थिएन । कलाकारको आगमन सँगै हलमा दर्शकको चाप बढेको थियो ।आफ्नो चलचित्रलाई दर्शकको राम्रो साथ मिल्दा चलचित्रकी निमात्री दिपाश्री निरौला निकै भावुक भएकी थिइन् । चलचित्र छक्का पञ्जा ३ को व्यापार सुरुवाती दिनमै निकै आक्रमक देखिएको छ । यसरी हेर्दा यो बर्षको सर्वाधिक कलेक्सन गर्ने मात्र नभएर यसअघिका छक्का पञ्जा र छक्का पञ्जा २ को बक्सअफिस कलेक्सन छक्का पञ्जा ३ ले तोड्ने प्रवल सम्भावना देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्