विप्लवको नाम बेच्दा बबाल



२४ असोज २०७५, काठमाडौं

विप्लव समुहको नाममा नक्कलीको बिग्बिगी यति बढ्यो कि, उनैको पार्टीका तर्फबाट काठमाडौंमा नक्कली खोज्न र कारवाही गर्न अलग्गै टास्कफोर्स बनाउनु परेको छ ।

बेला कस्तो भने, विप्लव समुहको हुँ मात्रै भन्दा पनि मान्छे आत्तिने ।

त्यसमाथि नक्कलीले माग गरेका रकम सुन्दै अत्यासलाग्दो ।

नक्कलीले यस्तो आतंक मच्चाएपछि विप्लव समुहले क. भृकुटीको कमाण्डमा आफ्नो दस्तालाई सक्रिय बनाएको छ ।

मृकुटि महिला हुन्, नाम धीरेन्दा उपाध्याया, घर कलंकीसहित विभिन्न म्यानपवार कम्पनी, होटल, रेष्टुरेण्टमा चनाखो भएर नक्कली खोजिरहेको छ ।

टास्कफोर्सका एक सदस्यका अनुसार गौशला, कलंकी र कोटेश्वरतिरका टिकट काउण्टरदेखि तीन र पाँचतारे होटलसम्म नक्कली विप्वलव समुह बनेर पैसा उठाएको सुचना छ ।

त्यसमध्ये दुइ साताअघि नयाँ बसपार्कका होटलमा पैसा उठाउँदा उठाउँदै फेला परेका २७—२८ बर्षका युवकलाई तत्कालै रामधुलाई गरेको उनले सुनाए ।, आज प्रकाशित जनआस्था साप्ताहिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्