वामदेव काठमाडौं -७ मा चुनाव लड्ने पक्का



२४ असोज २०७५, काठमाडौं

नेकपा सचिवालय सदस्य वामदेव गौतम काठमाडौं क्षेत्र नं. ७ बाट चुनाव लड्ने पक्का भएको छ ।

तत्कालीन एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामवीर मानन्धरले राजीनामा दिएपछि उनको क्षेत्रमा वामदेवलाई चुनाव लड्न बाटो खुलेको हो ।

मंगलबार पत्रकार सम्मेलन गरेर मानन्धरले सांसद पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

तर, पार्टी र संसदबाट राजीनामा स्वीकृत हुन बाँकी रहेको पनि उनले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्