नाम र राजधानी नटुंग्याई सकियो वर्षे अधिवेशन



२४ असोज २०७५,विराटनगर

नाम र स्थायी राजधानीको टुंगो नलगाई प्रदेश १ सभाको वर्षे अधिवेशन मंगलबारबाट सकिएको छ । प्रदेश सभाको पहिलो अधिवेशन गत १७ जेठमा सुरु भएको थियो ।

सभामुख प्रदीपकुमार भण्डारीले मंगलबार प्रदेश सभाको ५२औँ बैठकमा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङको पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी दिए ।

प्रदेश प्रमुखको पत्र पढेर सुनाउँदै सभामुख भण्डारीले भने, ‘चालू वर्षे अधिवेशन आज राति १२ बजेबाट विधिवत् अन्त्य भएको घोषणा गर्दछु ।’ नयाँपत्रिका दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्