बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा ३ ले पायो मल्टिप्लेक्समा सर्वाधिक शो



२३ असोज २०७५, काठमाडौँ

यसबर्ष प्रदर्शनमा आउने चलचित्रहरुमध्ये सबैभन्दा प्रतिक्षित चलचित्र हो छक्का पञ्जा ३ । चलचित्र सुटिङ फ्लोरमा जानु अगावै निकै चर्चामा रहेको चलचित्र छक्का पञ्जा ३ प्रदर्शनको अन्तिम चरणमा आइपुगेको छ । भोली अर्थात् असोज २४ गते दशैँको सुरुवात दिन घटस्थापनाको दिनबाट चलचत्रि छक्का पञ्जा ३ देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

चलचित्र छक्का पञ्जा का यसअघिका सबै सिरिजहरु निकै उत्कृष्ट बनेकाले दर्शकहरु छक्का पञ्जा ३ हेर्न पनि निकै आतुर भएका छन् । प्रदर्शनको मिति नजिकिए सँगै यो चलचित्रलाई देशभरका मल्टिप्लेक्स हलहरुमा धेरै भन्दा धेरै शो मिलिरहेको छ । चलचित्र हेर्नका लागि दर्शकहरुले अहिले बाट नै टिकट बुकिङ गर्न थालिसकेका छन् । चलचित्र छक्का पञ्जा ३ लाई क्युएफएक्स अन्तर्गतको लबिम र सिभिल हलमा फिल्मको अग्रिम टिकट रिजर्भ गर्ने दर्शक अत्याधिक देखिएका छन् । बिहान ८ बजे र साँझ ६ बजेपछिको शोजको टिकट बढी बिक्री भइरहेको छ ।

यसरी हेर्दा अन्य चलचित्रको तुलनामा छक्का पञ्जा ३ को माग देशभरमा नै बढ्दो रुपमा रहेको छ । दशैँको अवसरमा चलचित्र प्रदर्शन हुने हुदाँ सबैको छुट्टिको समय रहेकाले चलचत्रिलाई फाइदा हुने देखिएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्