नेपालकी चर्चित नायिका नम्रता श्रेष्ठमाथि उपन्यास लेखिदैँ



२३ असोज २०७५, काठमाडौँ

नायिका नम्रता श्रेष्ठ नेपालकी निकै चर्चित नायिका हुन् । कुनै समयकी सबैभन्दा महंगी र नम्बर वान नायिकाको रुपमा परिचित नम्रता पछिल्लो समयमा चलचित्रमा त्यति देखिएकी भने छैनन् । उनले पछिल्लो समयमा अभिनय गरेको चलचित्र प्रसाद प्रदर्शनको तयारीमा रहेको छ । उनले मेरो एउटा साथी छ, नोभेम्बर रेन, छड्के, क्लासिक र होमवर्क जस्ता सुपरहिट चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् । नायिका नम्रता श्रेष्ठको जीवनमा आधारित भएर उपन्यास लेखिने भएको छ ।

कुनै समयमा नायिका नम्रता श्रेष्ठले ब्लु फिल्म खेलेको कुराको चर्को चर्चा नेपाली चलचित्र क्षेत्रमा भएको थियो । त्यसका कारणले नायिका नम्रता निकै आलोचित पनि हुन पुगिन् । त्यस समयमा धेरैले उनलाई नेपालको नाम बदनाम गर्न आएकी नायिका भनेर तथानाम गाली पनि गरेका थिए । तर नायिका नम्रताले कहिल्यै पनि हार खाइनन् । उनले आफूलाई बलियो बनाएर अगाडि बढिन् र आज जताततै उनको चर्चा भइरहेको छ । उनी नेपालकी धेरै फ्यान बनाउन सफल नायिका हुन् ।

नायिका नम्रता श्रेष्ठमाथि उपन्यास लेखिने भएको छ । पत्रकार तथा लेखक सविन प्रियासनले नायिका नम्रता श्रेष्ठले ब्लु फिल्म खेलेको चर्चापछि उनको जीवनमा आएका उतारचढावलाई आधार बनाएर आउँदो बैशाखमा रिलिज गरिने गरी उपन्यास लेखिरहेका छन् । सबिनको भनाइअनुसार उनले नम्रताको जीवनको संघर्षलाई पनि उपन्यासमा उतारेको बताएका छन् । उनले उक्त उपन्यास नायिका नम्रताको अनुमति लिएर नै लेख्न लागेको बताएका छन् । सबिनले यसअघि पनि किताबहरु लेखिसकेका छन् । आफूमाथि उपन्यास लेखिने भएकाले नायिका नम्रता आफू निकै खुसी भएको बताउँछिन् ।

 

प्रतिक्रिया दिनुहोस्