सुशान्त खत्री र आँचल शर्माको नयाँ गीत सार्वजनिक



२३ असोज २०७५, काठमाडौँ

सुशान्त खत्री नेपालका मात्र नभएर भारतका पनि चर्चित डान्सरका रुपमा परिचित छन् । उनले भारतका विभिन्न रियालिट शो हरुमा गएर आफूलाई र आफ्नो देशलाई विश्वभर चिनाउन सफल भएका छन् । केहि समय अघिमात्र नेपाल आएका सुशान्त आजभोली म्यूजिक भिडियोहरुमा खुब व्यस्त हुन थालेका छन् । उनले पछिल्लो समयमा आँचल शर्मासँग खेलेको पिच रोड बोलको गीत यतिबेला बजारमा सर्वाधिक हिट छ । उनले र आँचलले खेलेको नयाँ म्यूजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।

केदार उप्रेतीको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको ‘ठूली ठूली’ बोलको गीतमा किरण गजमेरको आवाज रहेको छ । उक्त गीतमा नेपालका चर्चित डान्सर सुशान्त खत्री र नेपालकी चर्चित नायिका तथा मोडल आँचल शर्मालाई फिचरिङ गराइएको छ । उक्त गीतमा निकेश खड्काको निर्देशन रहेको छ । आँचल र सुशान्तका यसअघिका मङ्गली र पिच रोड जस्तै यो गीत पनि निकै रमाइलो रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्