च्याङ्ग्रालाई तहैपच्छिे चर्को कर



२३ असोज २०७५, कास्की

मुस्ताङ, म्याग्दी र कास्कीका स्थानीय तहहरूले दसैंमा बेच्न ल्याइएका भेडा–च्यांग्रामा चर्को कर लगाएका छन् । मुस्ताङबाट पोखरासम्म च्यांग्रा ल्याउने क्रममा जिल्ला र स्थानीय तहपिच्छे विभिन्न ठाउँमा कर लिइएको हो । आजको कान्तिपुरले पृष्ठ ३ मा यो समाचार छापेको छ ।

‘मुस्ताङको घाँसामा प्रतिगोटा ५० र तातोपानीमा ३५ रुपैयाँ कर लिए,’ च्यांग्राका हुल लिएर हेम्जा आइपुगेका व्यापारी रमेश खडकाले भने, ‘म्याग्दीदेखि ट्रकले गोटाको एक हजार भाडा लियो। यहाँ आइपुग्न नपाउँदै ठेक्का परेको भनेर दिनको गोटाको १५ रुपैयाँ कर लाग्छ भनिरहेका छन्।’

अव्यस्थित कर प्रणालीले मर्कामा पारेको उनले गुनासो गरे। ‘यहाँ त बिक्री हुन थालेपछि पैसा दिउँला भनेर ठेकेदारलाई पठाएँ,’ उनले भने, ‘दिनदिनै लाग्ने कस्तो कर हो यो ?’

प्रतिक्रिया दिनुहोस्