नायिका प्रियंका कार्की र सुशिल श्रेष्ठको नयाँ गीत रिलिज



२२ असोज २०७५, काठमाडौँ

नायिका प्रियंका कार्की नेपालकी सर्वाधिक सफल र व्यस्त नायिका हुन् । उनी एकपछि अर्को चलचित्रमा देखिइरहेकी छिन् । उनी चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोहरुमा पनि उत्तिकै सक्रिय छिन् ।

उनले पहिलो पटक नायक सुशिल श्रेष्ठसँग चलचित्रमा काम गरेकी छिन् । चलचित्र बादशाह जुट मा पहिलो पटक प्रियंका र सुशिल सँगै देखिन लागेका हुन् । चलचित्रको पहिलो गीत भर्खरै सार्वजनिक भएको छ । डि.पी खनालको शब्द र कृष्ण भारद्धाजको संगीत रहेको काफल पाक्यो बोलको गीतमा राजराज शिवाकोटी र मेलिना राईको आवाज रहेको छ । उक्त गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका र सुशिललाई नै फिचरिङ गराइएको छ ।उक्त गीतमा प्रियंका र सुशिलको मिलेको केमेष्ट्रि देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्