नेपाल आइडलबाट चर्चित बनेका नरेश पातलीको पहिलो गीत सार्वजनिक



२२ असोज २०७५, काठमाडौँ

नेपाल आइडल नेपालको सबैभन्दा ठूलो गायन रियालिटि शो हो । सिजन १ बाट दर्शकको अत्याधिक साथ मिलेपछि सिजन २ पनि ल्याइएको हो । सिजन २ लाई पनि दर्शकले निकै रुचाइरहेका छन् । नेपाल आइडल त्यस्तो प्ल्याटफर्म हो जसले गायनमा भविष्य खोजिरहेकाहरुको लागि नयाँ मौका दिन्छ । नेपाल आइडल सिजन १ मा आएर धेरैले आफ्नो आवाजको जादु विश्वभर फैलाउन सफल भएका छन् ।

त्यस्तै नेपाल आइडल सिजन २ मा पनि एक प्रतियोगी आएका थिए, नरेश पातली । अडिसनमा उनले गाएको गीत अहिले युट्युबमा जताजतै भाइरल भएको छ । उनको २ मिनेटको भिडियोका कारण सबैको नजरमा पर्न सफल भएका छन् । उनले पहिलो पटक रेकर्ड गराएको गीत भर्खरै सार्वजनिक भएको छ । बादल घिमिरेको शब्द संगीत रहेको गीतमा नरेश पातलीको आवाज रहेको छ । गीतमा नरेशलाई पनि अरु कलाकारसँग राखिएको छ । नरेशले आई ह्याब अ गर्लफ्रेन्ड बोलको गीत गाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्