ब्रेकअप पछि पहिलो पटक मिडियामा सँगै आयुष्मान र परमिता



२२ असोज २०७५, काठमाडौँ

नायक आयुष्मान देशराज जोशी अहिलेका सफल र व्यस्त नायक हुन् । उनी आजभोली निरन्तर चलचित्रहरुमा देखिन थालेका छन् । उनी नायिका प्रियंका कार्कीका प्रेमी पनि हुन् ।  उनको र प्रियंकाको इन्गेजमेन्ट पनि भैसकेको छ । त्यस्तै नायिका परमिता राणा पनि आजभोली खुब चर्चामा आउन थालेकी छिन् । आयुष्मान र प्रियंका कुनै समयका हिट कपल हुन् । यी दुवैले एकै चलचित्रमार्फत् नेपाली चलचित्र जगतमा पाइला चालेका हुन् । कुनै समयमा प्रेमीका रुपमा रहेका आयुष्मान र परमिता ब्रेकपछि एकअर्काको नजिक परेका थिएन्न् ।

हिजोमात्र परमिता र आयुष्मान दुवै अभिनीत चलचित्र चङ्गा चेटको ट्रेलर रिलिजका लागि राजधानीमा एक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा चलचित्रका मुख्य कलाकार आयुष्मान , सन्दिप र परमिता पनि उपस्थित भएकी थिइन् । उक्त कार्यक्रममा ब्रेकपछि पहिलो पटक परमिता र आयुष्मान एकसाथ देखिएका थिए । सुरुमा उनीहरु सँगै बसेका थिएनन् तर पछि उनीहरु एकअर्कासँगै बसे । उनीहरुबीच यतिधेरै कुराकानी भयो की उनीहरुलाई हेर्दा  उनीहरुको ब्रेकअप भएको अनुमान लगाउन सकिदैँन । हाल दुवै आफ्ना आफ्ना प्रेमीसँग निकै खुसी छन् । जे होस् लामो समयपछि चिस्सिएको दुई ठूला कलाकारको सम्बन्ध फेरि सुमधुर भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्