नेविसंघमा ३२ वर्षे उमेर हद



२२ असोज २०७५, काठमाडौं

चर्को विवादबीच कांग्रेसले भातृ संगठन नेविसंघमा ३२ बर्षे उमेर हद लगाएको छ ।

पार्टीको सस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुुमतका आधारमा निर्णय गरिएको हो ।

उमेर हद लगाउने व्यवस्थापनसहितको संघको विधान पारित गर्न आईतबार अपराहन् ३ बजे बोलाईएको बैठक राति १० बजेसम्म चलेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले निर्णयमा सहमति जनाउँदै फरक मत लेखेका छन् ।

उनीहरुले उमेर हद नलगाउने निर्णय लिएको पक्षलाई अपेक्षा गरिएको र विधान एकपटक अध्ययनसम्म गर्न नदिई जबर्जजस्ती अनुमोदन गराइएको आरोप लगाए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्