बहुप्रतिक्षित चलचित्र चङ्गा चेटको ट्रेलर सार्वजनिक



२१ असोज २०७५, काठमाडौँ

चङ्गा चेट यसबर्षको बहुप्रतिक्षित चलचित्रमध्येको एक हो । मल्टिस्टारर कलाकारहरुको अभिनय रहेको चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्र चङ्गा चेटको गोजीमा दाम छैन बोलको गीत अहिले बजारमा सर्वाधिक चर्चामा रहेको छ ।

हालैमात्र चलचित्रचङ्गा चेटको ट्रेलर सार्वजनिक गरिएको छ । कमेडि एक्सन र ड्रामाले भरिएको ट्रलरमा चलचित्रका सबै कलाकारको दमदार अभिनय देख्न सकिन्छ । चलचित्रमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सन्दिप क्षेत्री, परमिता राणा, रबिन्द्र झा, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र चङ्गा चेट कार्तिक १६ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्